युग ज्योती क्रियाशिल
तिम्रो गल्लि बस्ति धाउदै छु अचेललेखेर गजल गाउदै छु अचेल
जिउने रहर छैन पिउनलाई म
जामको नै साथ पाउदैछु अचेल
दुख्छ छाती साह्रै मुर्छा सरि हुन्छु
साहारा भित्ता समाउदैछु अचेल
किन धुवाको धुमिल आकृती भित्र
कहाँ हो कहाँ ? हराउदैछु अचेल
तोडे सबले नाता डर छैन अब
मृत्यु सँग मित लगाउदै छु अचेल
No comments:
Post a Comment