सरुआस्था
माया गर्ने मुटु धेरै होलान तिम्रे सामूझस्काउलान तिमीलाई पर्दै निन्द्रा सामू
त्यो मध्यको एउटा यात्री म रहेछु भने भने
साथ दिन्छौ हैन माया सहयात्री बने भने ।
जीवनको गोरेटोमा दर्पण लाखौ भेटिन्छनन् नी
पलमा बस्छन मनमा तस्वीर पलभरमै मेटिन्छन नी
तिम्रो मुटु भित्र अमिट प्रेम छाप छोडे भने
साथ दिन्छौ हैन माया सहयात्री बने भने ।
जीवन यो के छ र खै सुख दुःख साँगै काटौँ
हाँसो उल्लास समेटेर जीवनको यात्रा बाटौँ
माया भर्दै मनभरि तिमीलाई नै छाने भने
साथ दिन्छौ हैन माया सहयात्री बने भने ।
No comments:
Post a Comment