कमला आँशु
मान्छेले नै मान्छे झाँट्या गजल लेख्नुपर्छ कान्छारक्सि पिउन छोरी साट्या गजल लेख्नु पर्छ कान्छा
घाँस दाउरा मेलापात र पँघेरीमा धाउँदा
सुन्तलीको चोली फाट्या गजल लेख्नु पर्छ कान्छा
गाँउवेसीकी बुढी आमा सकिुवामा बसी रुदाँ
उमेरले डाडाँ काट्या गजल लेख्नु पर्छ कान्छा
बाबु म¥या टुहुरा ती गरिबका लालाबाला
भुन्टेहरुले खोले चाट्या गजल लेख्नु पर्छ कान्छा
एकछाक जुटाउन संघर्षरत बुढा बाले
नाम्लो अनि दाम्लो बाट्या गजल लेख्नु पर्छ कान्छा
इलाम
No comments:
Post a Comment