सरुआस्था
नजरमा बस्ने नजर त्यो बैमानीदेखे मुस्काउने अधर त्यो बैमानी
लुकी चोरी हेर्दै नजर डुलाएर
माया जालमा कस्ने सदर त्यौ बैमानी
परेलीले बेर्यौ दुई आत्माका कुरा
जबाफैले हेर्यौ कदर त्यो बैमानी
जूनको टह हेर्दै मनका कुरा साट्यौ
गोधुली साँझको प्रहर त्यो बैमानी
बीचमा छ खोला भेट्ने पुल छैन
मनले माग्यो भेट्ने रहर त्यो बैमानी
No comments:
Post a Comment