सुजिता बराकोटी
शान्ति खोज्दै जनताले उठाएको वात उस्तैगणतन्त्र आए पनि गरिबको रात उस्तै
गणतान्त्रिक नेपाल भन्दै भाषण किन ठोक्छौ
भोको पेटलाई पीडा दिने लात उस्तै छ
तपो भूमि बुद्धको भन्छन सबले नेपाललाई
तर यहाँ अशान्तिको लप्काहरुको खात उस्तै छ
मनाङ्ग र मुस्ताङ्गमा चौरी सँगै देख्छु बालक
कलम समाइ क ख लेख्ने हात उस्तै छ
सबै समान हुन्छ भन्यो गणतन्त्र आए पछि
उ ठूलो म चाहिँ सानो अझै पनि जात उस्तै छ
No comments:
Post a Comment