चन्द्र मिजास
कुन्नि के के सम्झिएर रमाउछन यि आँखाहरुमीठा मीठा सपना बुनी थमाउछन यि आँखाहरु
विक्षिप्त यो मनसँग लुकामारी खेल्दा खेल्दै
गहभरि नीरताल जमाउछन यि आँखाहरु
च्यातिदियौ मन मेरो सिउन विवस भएको छु
नसकेर भुल्न तिम्लाई पिउन विवस भएको छु
वहार बनि आएर उजाड बनाई गयौ आज
तिमी बिना एक्लो जीवन जिउन विवस भएको छु
No comments:
Post a Comment