सरुआस्था
स्ट्याण्डमा अडिएको सानदार मैन बत्तिमेरै लागि तप्प तप्प पोखिदैछ
म बसिरहेछु नक्सा कोर्न
सेतो कागज र कालो मसिको लेप सँगै ।
घरि मैन बत्ति हेर्छ मलाई
घरि सेतो कागज र कालो मसि
गिज्याउछ मलाई
हे माव तेरो मानसपटलमा
“आफ्नो देशको नक्सा अटाउन
सकेन हगि !”
म मौन मुकदर्शक
घरि आफ्नो सानदार अस्तित्व
मेरै लागि पोखिरहेको
मैन बत्तिलाई हेर्छु
घरि मेरो उदेश्यको लागि
आफ्नो अस्तित्व समर्पण गरेको
सेतो कागजलाई चियाउछु
तर अँह मैले सकिन
मेरो देशको नक्सा कोर्न ।
मैले टिस्टा र कागडालाई नसमेटी
नक्सा कोर्न सकिन
मैले निरुदेश्य विदेसिएका
भूमिहरुलाई नसमेटी
नक्सा कोर्न सकिन
समेटिएकै हो मेरो नक्सामा
टिस्टा र कागडा
सँगै रोइरहेका
सुस्ता र कालापानी
तर अहँ मेरो देशको नक्सा
मैले कोरेको नक्सासँग
मिल्नै सकेन ।
सँयौ मैन बत्ति पोखिए
सयौँ मैनबत्ति मसि छचल्किए
सयौँ कागजका सेता पानाहरुले
अस्तित्व गुमाए
मेरो नक्साको लागि
तर मैले मेरो देशको नक्सा
मिलाउनै सकिन
र त अझै म
बसिरहे छु नक्सा कोर्न ।
No comments:
Post a Comment