कमल राज के.सी.
के विश्वास यहाँ मान्छेहरुको मान्छेलाई स्वयम चारिदिन सक्छन
नसोच्नु कसैलाई यो मेरो मान्छे हो
आफन्तले नै घात गरिदिन सक्छन
चाहन्न कसैले कसैको भलोहोस
जिन्दगी अरुको फलोस फुलोस
जीवन पथमा काडा छरिदिन सक्छन
प्रगतिलाई वाधा गरिदिन सक्छन
रुच्दैन मान्छेलाई अरुले हाँसेको
सुख र चैनको जिन्दगी बाँचेको
हाँसो र खुसि अझै हार दिन सक्छन
अकारण बदनाम गरिदिन सक्छन
No comments:
Post a Comment