अधिकारी अनुप्रास
गरेर चैन राजले लडाई गै गयौ तिमीसुटुक्क दिल रातमा उडाई गै गयौ तिमी
बनेर आश आशमा सुवास फूल झै गरी
छरि निरासका कुरा बढाइ गै गयौ तिमी
बस्यौ म भित्र सानले पढेर दिलका कुरा
लगाई धार बेगले फँडाई गै गयौ तिमी
चुसेर पत्र सानले बनेर मौरी झै गरी
अझै अजम्बरी कथा पढाई गै गयौ तिमी
फिजाई प्रेमका कथा छ¥यौ नशा नशा भरि
भरेर आँसुका घडा ठडाई गै गयौ तिमी
नुवाकोट
No comments:
Post a Comment