सरुआस्था
जन्मि जीवन भोगेपछि मर्नु नियतिसुन्दर फूल ओइलाएर झर्नु नियति
जे पाइन्छ जीवनमा सबै गुमाउदै
एउटा नहर अर्को बाढी तर्नु नियति
जीवन यो रङ्गमञ्च रंगिदिन्छ आफै
ख्यालठट्टा अभिनय गर्नु नियति
के के आउँछ पद चाल्दा सबै दुःख सुख
जीवनको क्यानभासमा भर्नु नियति
सन्तुष्टिको पर्यायमा बाँच्ने को नै छ र
यता टाल्यो उता भ्वाङ्ग पर्नु नियति
No comments:
Post a Comment